दमक/ झापाको दमकमा भदौ १८ गते हुने श्रीकृष्ण रथयात्राको तयारी र तार ब्यवस्थापनको बिषयमा आज छलफल भएको छ । रथ गुडाउने सडकको तार ब्यवस्थापनको बिषयमा र बिभिन्न उपसमितिले गरेको तयारीको बिषयमा मंगलवार बिहान छलफल भएको हो ।

बिद्यूत प्राधिकरणका नो लाइट इन्चार्ज ज्योती प्रशाइले तारको अवस्थाको बिषयमा जानकारी गराएका थिए । सो अवसरमा लायन्स क्लव अफ स्टर्न लाइनका अध्यक्ष रहेका पानी ब्यवस्थापन संयोजक बिमल शर्माले दमकका सबै लायन्सहरु र लखनपुरको समेत लायन्सको सहभागितामा पानी ब्यवस्थापन गरिने जानकारी दिए । सबै लायन्सहरु यसमा लागि परेको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी रोटरी क्लव अफ दमकका अध्यक्ष मोहन ढकालले फोहोरमैला ब्यवस्थापनको बिषयमा जानकारी गराए । नगरपालिका र पाथवेसंग मिलेर यसको तयारी तिब्र रुपमा भएको उनको भनाइ रहेको थियो । यसमा सबैलाइ सहयोग गर्न पनि उनले अनुरोध गरे ।

दमक नगरपालिकाका मोहन ओलीले पनि आफ्नो तर्फबाट तयारीको बिषयमा जानकारी गराएका थिए । श्रीकृष्ण रथयात्रा मुल समितिका संयोजक मानबहादुर बुढाथोकी, सचिब प्रेम भट्टराइ, प्रचार प्रमुख लीला गुरागाइ लगायतले तयारीको बिषयमा सहभागिहरुलाइ अवगत गराएका थिए ।