झापा । झापाको कमल गाउँपालिका ३ स्थित पूर्व पश्चिम राजमार्ग अन्तरगत केर्खा चौकमा मारूती भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् ।

बिर्तामोडबाट दमकतर्फ जादै गरेको को १ च ४३४१ नम्बरको मारूती भ्यान र दमकबाट तोपगाछी तर्फजादै गरेको को ९ प ८९८८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुबै सवारीका गरी चार जना घाईते भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाइते हुनेमा मारुती भ्यान चालक दमक नगरपालिका ७ बस्ने ४३ बर्षीय शैलेन्द्र शेर्मा, भ्यानमा सवार ईलाम चुलाचली गाउँपालिका १ हातीलेट बस्ने ८५ बर्षीय नेत्रमाया लावती र मोटरसाइकल चालक ईलाम चुलाचुली गाउँपालिका १ बस्ने ३२ बर्षीय मणिकुमार राई रसोही स्थानका ३२ बर्षीय प्रकाश राई रहेको प्रहरी चौकी केर्खाले जनाएको छ ।

घाइतेहरुको लाईफलाईन अस्पताल दमकमा उपचार भईरहेको छ भने दुबै सवारी साधन प्रहरी चौकी केर्खामा राखिएको जनाइएको छ ।