दमक/दमक रबि चिसापानी अर्थात फाल्गुनन्द सडकलाइ प्रदेशको गौरबको आयोजनाको रुपमा अघि बढाएको भन्दै निर्माण उपभोक्ता समितिले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो(मौसम)लाइ सम्मान गरेको छ ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष गगन पुरीका अनुसार मक चिसोपानी रबि सडक(फाल्गुनन्द मार्ग) को महत्वलाई उच्च प्राथमिकतामा राख्दै प्रदेस सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रदेसको गौरबको आयोजनामा समाबेस गर्ने नितिगत निर्णयको स्वागत गर्दै समितिको तर्फबाट आङ्बोलाई सम्मान गरिएको जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो अवसरमा मन्त्री आङ्बोले यो सडकलाइ आफ्नो तर्फबाट सक्ने सबै प्रकारको सहयोगथ गर्ने र चाडो निर्माणहोस भन्ने अपेक्षा रहेको बताएका थिए । उनले समितिको सक्रीयता र उपभोक्ताको जागरुपताको समेत प्रशंशा गरे ।

मेची अञ्चलको तराई र पहाडलाई जोड्ने सबैभन्दा छोटो दूरीको यो मार्ग ०४९ सालदेखि निर्माण सुरु भएको हो। दमकबाट पाँचथरको रबी पुग्न ४७ किलोमिटर छ। तर, ईलामदेखि राँके बजार हुँदै धाउनु पर्दा १ सय ७८ किलोमिटरको दूरीको यात्रा गर्नुपर्ने बाध्यता यस क्षेत्रका बासिन्दाको छ ।