कृषि पेसामा युवाहरूलाई टिकाइराख्न गुल्मीको छत्रकोट गाउँपालिकाले किसान पेन्सनको व्यवस्था गर्ने भएको छ किसानहरूलाई कृषि पेसामा आकर्षित गर्दै विदेश पलायन युवाहरूलाई गाउँमै राख्ने उद्देश्यले गाउँपालिकाले किसान पेन्सनको व्यवस्था गर्न लागेको हो ।गाउँपालिकाको पहिलो गाउँसभा बैठकले निर्णय गरेको किसान पेन्सनको व्यवस्था गर्न गाउँपालिका अहिले कार्यविधि बनाउन जुटिरहेको छ । यो खबर आजको ‘सौर्य’ राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।गाउँपालिकाका ६ वटा वडामा यो व्यवस्था चालु आर्थिक वर्षदेखि नै लागू गर्ने गरी गाउँपालिकाले कार्यविधि बनाउन लागेको छ ।गाउँपालिकाका करिब १ सय ७७ जना किसान कृषि पेसामा रहेको प्रारम्भिक तथ्यांक छ ।

यो व्यवस्था लागू भएपछि किसानले नासुसरह पेन्सन खान पाउने छत्रकोट गाउँपालिका–१ का वडाध्यक्ष धातानन्द भण्डारीले बताए ।गाउँपालिकाले किसानहरूको वर्गीकरण गरेर पेन्सनको व्यवस्था गर्नेछ ।वार्षिक आठ लाख भन्दा माथिको कारोबार गर्नेलाई ‘क’ वर्गमा, पाँच लाखमाथि कारोबार गर्नेलाई ‘ख’ वर्गमा र दुई लाखमाथिको कारोबार गर्नेलाई ‘ग’ वर्गमा विभाजन गरेर रकम प्रदान गरिनेछ ।गाउँपालिकाले प्रारम्भिक चरणमा किसान पेन्सनका लागि ३ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छ ।१ सय ७७ जनाको नामावली पुगे पनि विधि र कार्यनिर्देशिका अनुसार बढीमा १५ जनाले मात्र किसान पेन्सन पाउन सक्ने गाउँपालिकाको अनुमान रहेको छ ।गाउँपालिका मध्ये सबैभन्दा बढी किसान ७७ जना हुगामा रहेका छन् ।किसानले कारोबार गर्ने संस्थाको सिफारिसमा कारोबारको रकमलाई मान्यता दिनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कृषि पेसामा युवाहरूलाई टिकाइराख्न गुल्मीको छत्रकोट गाउँपालिकाले किसान पेन्सनको व्यवस्था गर्ने भएको छ किसानहरूलाई कृषि पेसामा आकर्षित गर्दै विदेश पलायन युवाहरूलाई गाउँमै राख्ने उद्देश्यले गाउँपालिकाले किसान पेन्सनको व्यवस्था गर्न लागेको हो ।गाउँपालिकाको पहिलो गाउँसभा बैठकले निर्णय गरेको किसान पेन्सनको व्यवस्था गर्न गाउँपालिका अहिले कार्यविधि बनाउन जुटिरहेको छ । यो खबर आजको ‘सौर्य’ राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।गाउँपालिकाका ६ वटा वडामा यो व्यवस्था चालु आर्थिक वर्षदेखि नै लागू गर्ने गरी गाउँपालिकाले कार्यविधि बनाउन लागेको छ ।गाउँपालिकाका करिब १ सय ७७ जना किसान कृषि पेसामा रहेको प्रारम्भिक तथ्यांक छ । यो व्यवस्था लागू भएपछि किसानले नासुसरह पेन्सन खान पाउने छत्रकोट गाउँपालिका–१ का वडाध्यक्ष धातानन्द भण्डारीले बताए ।गाउँपालिकाले किसानहरूको वर्गीकरण गरेर पेन्सनको व्यवस्था गर्नेछ ।वार्षिक आठ लाख भन्दा माथिको कारोबार गर्नेलाई ‘क’ वर्गमा, पाँच लाखमाथि कारोबार गर्नेलाई ‘ख’ वर्गमा र दुई लाखमाथिको कारोबार गर्नेलाई ‘ग’ वर्गमा विभाजन गरेर रकम प्रदान गरिनेछ ।गाउँपालिकाले प्रारम्भिक चरणमा किसान पेन्सनका लागि ३ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छ ।१ सय ७७ जनाको नामावली पुगे पनि विधि र कार्यनिर्देशिका अनुसार बढीमा १५ जनाले मात्र किसान पेन्सन पाउन सक्ने गाउँपालिकाको अनुमान रहेको छ ।गाउँपालिका मध्ये सबैभन्दा बढी किसान ७७ जना हुगामा रहेका छन् ।किसानले कारोबार गर्ने संस्थाको सिफारिसमा कारोबारको रकमलाई मान्यता दिनेछ । न्युज पर्दा बाट