प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले बलात्कारीलाई फाँसीको सजाय दिने कानुन निर्माण गर्न नसकिने बताउनु भएको छ । उहाँले देशमा बलात्कार तथा यौनजन्य हिंसाका घटना बढे पनि त्यसमा संलग्नलाई फाँसीको सजाय दिने कानुन बनाउन नसकिने बताउनुभयो ।

मेची सहकारी संस्थाको २२ औं वार्षिकोत्सव तथा २४ औं साधारणसभालाई आज सम्बोधन गर्दै उपसभामुख तुम्बाहाम्फेले फाँसीको कानुन बनाउन नसके पनि बाँचुञ्जेल जेलमा बस्ने कानुन निर्माण गरेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय महासन्धिमा जस्तोसुकै अपराध भए पनि आफ्नो मुलुकमा फाँसीको सजाय नदिने भनी नेपालले हस्ताक्षर गरेकाले उक्त कानुन निर्माण गर्न नसकिने बताउनु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उहाँले अवोध बालिकादेखि वृद्धा हजुरआमाहरु बलात्कृत हुनुपर्ने अवस्था समग्र देशवासीका लागि दुखद् भएको टिप्पणी गर्नुभयो । उहाँले कानुनसँगै यौनजन्य घटनाप्रति हाम्रो सामाजिक क्रियाकलापलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । उपसभामुख तुम्बाहाम्फेले यौनजन्य शिक्षा र जनचेतनाका कार्यक्रमहरुलाई गाउँगाउँसम्म पु¥याउन आग्रह समेत गर्नुभयो ।