एजेन्सी । भारतको दिल्लीस्थित प्रहरीको अपराध शाखाले शनिवार पनि सुमितकुमार सिंह र सत्यजीत कादियानुंग सोधपुछ गरेको छ ।
सोधपुछबाट सुमितले आफ्नी आमाको पनि प्रैंक भिडियो बनाएको पत्ता लागेको छ ।
अर्काेतिर उनले आफ्नी आमाको अगाडि आफ्नो प्रेमीका गर्भवती हुने र बिएर पिउने नाटक गरेको देखाएका छन् । र, लामो किस गरेको पनि देखाएका छन् ।
यस भिडियोमा सुमितलाई लाखौं हिट्स मिलेको छ । प्रहरीका अनुसार यूट्यूबमा अध्यधिक हिट्स हुन थालेपनि सुमितलाई सो भिडियोबाट हरेक महिना १० हजारभन्दा बढी कमाई हुन थालेको थियो ।
प्रहरीले प्रैंकका सिकार भएकी युवतीका माता–पितासंग कुराकानी गरको थियो । युवतीको बयान लिएर प्रहरीले युवतीको अनुमतिमा भिडियो बनाएको हो कि होइन भनेर खोजतलास गरिरहेको छ ।
यद्यपी अहिले सुमित र सत्यजीतलाई भने प्रहरीले पक्राउ गरेको छैन् । प्रहरीका अनुसार प्रैंक भिडियोको विरुद्ध कसैले उजुरी दिएरमा मात्रै उनीहरुलाई पक्राउ गरिने छ ।
यसअघि उनले आपत्तिजनक भिडियो बनाएका थिए ।
हेर्नुहोस् भिडियो:-
https://youtu.be/inZwhv2XxPc



