काठमाडौं, भदौ १३ । बाँकेको कोहलपुरमा नगरपालिका–१ की ६ वर्षीया बालिकालाई १९ वर्षीय युवकले बलात्कार गरेका प्रहरीले जनाएको हो ।
भारत उत्तर प्रदेश घर भई कोहलपुर–४ मा डेरा लिई बस्दै आएका १९ वर्षीय हरून खानले मंगलबार दिउँसो बालिकालाई बलात्कार गरेका इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
बालिकाकी आमा कोहलपुरमा किराना पसल गर्दछिन् । पसलमा रहेकी बालिकालाई घरमा पुयाइदिन्छु भन्दै खानले साइकलमा राखेर डेरामा लगेर बलात्कार गरेका प्रहरीले जनाएको छ ।
त्यस्तै, म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा १२ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । पीडित बालिका र उनकी आमाले दिएको जाहेरीका आधारमा प्रहरीले ५३ वर्षीय बाबुलाई पक्राउ गरेको जनाएको छ ।
गएको शनिबार आमा कपडा धुन खोलामा गएको वेला बाबुले छोरीलाई बलात्कार गरेका उजुरी म्रयाग्दी प्रहरीले जनाएको छ । प्रहरीले ती पुरुषलाई नाबालिक तथा हाडनाता करणीमा कारबाही अघि बढाउने तयारी गरेको छ । एभरेस्ट दैनिक बाट
र यो पनि पढ्नुहोस्कालिमाटीमा भयानक दुर्घटना, राष्ट्रपतिको स्कर्टिङमा गुडिरहेको मोटरसाइकल पल्टियो

बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा प्रहरीको मोटरसाइकल दुर्घटनामा परेको छ ।
स्कर्टिङका क्रममा कालिमाटीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दार दिनेश श्रेष्ठ घाइते भएका छन् । उनको प्रहरी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त, कालिमाटीले जनाएको छ । सोल्टी होटलबाट एयरपोर्ट जाने क्रममा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको बताइएकाे छ ।
उनका अनुसार घाइते प्रहरीकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे जनाइएकाे छ ।
https://youtu.be/9vi085spNVY










