धादिङ, १३ भदौ । त्रिशूली नदीमा गए राति बस खस्दा एक जनाको मृत्यु भएको छ । एक बेपत्ता भएका छन् । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बा४ख ७७८१ नं को ट्रक गजुरी गाउँपालिका–६ पोखरेखोलाबाट त्रिशूलीमा खस्दा गजुरी–६ का २२ वर्षीय केशर पुलामीको मृत्यु भएको छ । सोही ठाउँका २१ वर्षीय रामकृष्ण भुजेल नदीमा हराइरहेका छन् ।

भुजेलको खोजी भइरहेको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो । घाइते तीन जनालाई उपचारको लागि काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको छ । राजधानी दैनिक बाट

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
र यो पनि पढ्नुहोस्

कालिमाटीमा भयानक दुर्घटना, राष्ट्रपतिको स्कर्टिङमा गुडिरहेको मोटरसाइकल पल्टियो

बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा प्रहरीको मोटरसाइकल दुर्घटनामा परेको छ ।

स्कर्टिङका क्रममा कालिमाटीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दार दिनेश श्रेष्ठ घाइते भएका छन् । उनको प्रहरी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त, कालिमाटीले जनाएको छ । सोल्टी होटलबाट एयरपोर्ट जाने क्रममा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको बताइएकाे छ ।

उनका अनुसार घाइते प्रहरीकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे जनाइएकाे छ ।

https://youtu.be/9vi085spNVY