काठमाडौं–संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि प्रा.डा गोविन्द केसीसँग छलफल गरेको छ ।

विधेयकमाथि छलफल गर्न आज बिहान ११ बजे समितिले डाक्टर केसी र केसीको पछिल्लो अनसनका बेलाका वार्ता टोलीका संयोजक डाक्टर अभिषेकराज सिंहलाई बोलाएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जसअनुसार बैठकमा उपस्थित भएका डाक्टर केसी आफ्नो कुरा राखेर बाहिरिएका थिए । बैठकमा आफ्नै धारणा राख्दै केसीले सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएकाले १५ औँ अनशन तोडेको बताए ।

उनले प्रतिबद्धता पूरा गर्न सरकार केन्द्रित हुनुपर्ने पनि बताए ।

प्रा.डा केसीको पछिल्लो सत्याग्रहका क्रममा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ परिमार्जन गर्ने सहमति भएको थियो ।

‘साउन २६ गते प्रधामन्त्रीसँग भएको अन्तरक्रियात्मक भेटघाटमा समेत सम्झौता बमोजिम नै विधेयकमा आवश्यक परिमार्जन हुने आश्वासन पाएका थियाँै । सोही आश्वासन बमोजिम सरकारले कदम चाल्नु पर्दछ’, उनले बैठकमा भने ।

साथै उनले सरकारसँग भएको सम्झौता हुबहू कार्यान्वयन हुनुपर्नेमा पनि जोड दिए ।

बैठकमा केसी र सिंह समेतले लिखित धारणा समेत पेश गरेका थिए, जुन यस्ताे छ

रातो पाटी बाट साभार