दमक/झापाको दमकमा रहेको सूर्यमुखि सहकारी संस्थाले आफ्नो तेस्रो बार्षिक साधरणसभा सम्पन्न गरेको छ । कस्मिक पार्टी प्यालेसमा एक कार्यक्रमबीच आफ्नो साधरणसभा सम्पन्न गरेको हो ।
सहकारीका अध्यक्ष चुणमणि ओझाले बार्षिक प्रतिबेदन पेस गरेका थिए । क्षेत्रिय सहकारी संघका क्षेत्रिय संयोजक प्रेम कोइरालाका प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल लगायतले बोलेका थिए ।
गत असार मसान्त सम्मको शेयर पुजी १ करोड ३७ लाख ५० हजार ७ सय पुगेको र कोष ५२ लाख ५८ हजार २ सय ३ रहेको जनाईएको थियो ।










