भद्रपुर । नेपाल मुस्लिम नागरिक समाज गौरीगञ्जले मादक पदार्थ सेवन गरेर समाजिक सद्भाव बिथोल्ने मुसलमान समुदायलाई जरिवाना तिराउने भएको छ ।

बुधबार बसेको बैठकले समुदायलाई अनुशासित र मर्यादित बनाउन सो निर्णय गरेको समाजका अध्यक्ष नसीर उद्दीनले बताए । उनका अनुसार मादक पदार्थको प्रयोग गरी झगडा गरेमा पहिलो पटक रु ५५१, दोस्रो पटक रु एक हजार १००० र तेस्रो पटक रु एक हजार ५५१ जरिवाना तिराउने बैठकले निर्णय गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जरिवाना तिर्दै जाने तर मापसे गर्न नछाड्ने हो भने समाजबाट त्यस्ता व्यक्तिलाई बहिष्कार गरिने अध्यक्षको भनाइ छ ।

गौरीगञ्ज गाउँपालिकामा मुस्लिम समुदायको बढी बसोबास छ । रासस