अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रबारे नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरेका छन् ।

मुलुक सवल अर्थतन्त्र निर्माणको प्रथम चरणमा प्रवेश गरेको दावी गर्दै उनले नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १९ औं वाषिर्क साधारण सभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले मुलुकको अर्थतन्त्र खतराको विन्दुमा नरहेको उल्लेख गर्दै सवल अर्थतन्त्रको सकारात्मक पक्षलाई केही नकारात्मक सूचकले ढाक्ने प्रयास गर्न नहुने जिकिर गरे ।

अर्थतन्त्रको सकारात्मक पक्षलाई ढाक्ने प्रयास गरे सवल अर्थतन्त्र निर्माणका लागि आवश्यक आन्तरिक, बाहृय तथा निजी क्षेत्रका लगानीकर्ताको मनोबल गिर्ने उनको दावी छ ।

निर्यात व्यापारका लागि क्षमता अभिवृद्धि गर्न आवश्यक प्रविधि, कच्चा पदार्थ, परामर्शदातालगायतका बस्तुहरु नेपालको लागि अतिआवश्यक रहेको अर्थमन्त्री खतिवडाको तर्क छ ।

उनले मुलुकको आर्थिक वृद्धिदर बढदै जाने दावी पनि गरे । उनले सरकारले मुलुकलाई समृद्ध बनाउन निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिएको पनि स्मरण गराए ।