बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना काठमाण्डु आइपुगेका छन् ।
उनको यो पहिलो सद्भाव भ्रमण पनि हो । उनी बुद्ध जन्मभुमि लुम्विनी भ्रमणमा जाने कार्यक्रमसमेत तय भएको छ । आज दिउँसो त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे ।
उनको सम्मानमा त्रिभुवन विमानस्थलमा नेपाली सेनाको टुकुडीले सलामी अर्पण गरेको थियो ।










