बुटवल, भदौ १३

आफ्नै स्कुलको होस्टेलमा बस्दै आएकी छात्रामाथि पिन्सिपलले यौन शोषणा गरेका छन् । यौन शोषण गरेको भन्दै बुटवलस्थित ज्ञानपुञ्ज सेकेन्डरी ईङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल पक्राउ परेका छन् । प्रिन्सिपल तोयाराम पौडेललाई अफैले पढाउने छात्रालाई यौन दुब्र्यबहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पौडेलले आफ्नै स्कुलको होस्टेलमा बस्दै आएकी कक्षा १० मा अध्ययनरत एक छात्रामाथि दुव्र्यबहार गर्ने, गोप्य अङ्गहरु छुने, छात्राहरूलाई राती एक्लै बोलाएर बलात्कारको प्रयाससम्म गर्ने गरेको आगरेको आरोप, बिद्यालय तोडफोठरोप अभिभावक तथा स्थानीयले लगाएका छन् ।

होस्टेलमा बस्दै आएकी बुटवल ११ नहरपुरकी गुरुङ थर गरेकी एक छात्राले आफ्नो आमाबुबासँग प्रिन्सिपल पौडेलले गरेको दुब्र्यबहारका बारेमा बताएपछि विद्यालयमा स्थानीयले नाराबाजी गरेका छन् । उनीहरुले पौडेललाई कारबाहीको माग पनि गरेका छन् । आक्रोशित स्थानीयले विद्यालयमा तोडफोडको प्रयास गरेपछि ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।जनताटाइम्सबाट