बिष्णुप्रसाद पोखरेल

दमक/झापाको दमक २ की एक ९ बर्षिया बालिकालाइ उपचारका लागि सहयोग गर्न पीडित र स्थानीयले सहयोगका लागि अपिल गरेकाछन् । स्थानीय गोपाल तामाङ र पन्चमाया तामाङकी छोरी कृष्टिनामा मष्तिष्कमा ट्युमर पलाउन शुरु गरेको बिसेसज्ञले बताएपछि उपचारका लागि रकम अभाव भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानीय सामाजिक अगुवा लिला गुरागाइका अनुसार भारतमा उपचारका लागि करिब डेढ देखि २ लाख भारु लाग्ने पीडित परिवारले जनाएपछि सहयोग जुटाउन शुरु गरिएको छ । कक्षा ४ मा अध्ययनरत बाकिला कृष्टिना केहि समययता स्कूल समेत गएकी छैनन् ।

शुरुमा टाउको दुख्यो भन्ने उनि हिडदा हिड्दै लडन थालेपछि जाँच गराउदा ब्रेनट्युमर भएको थाहा पाएको पीडित परिवारको भनाइ रहेको छ । परिवारले छोरीको ज्यान बचाउन सहयोग गर्दिन सबैसंग अपिल गरेको छ । अति बिपन्न यस परिवारमा ५ छोरी र २ छोरा रहेकाछन् ।

बालिकाको अवस्था बुझ्न सवाल नेपाल सहित घर पुगेका लायन्सक्लव अफ दमकका अध्यक्ष बिमल शर्मा, रोटरी क्लव अफ दमकका अध्यक्ष मोहन ढकाल, रेडक्रस दमकका पुर्व सभापति समेत रहेका स्थानीय लिला गुरागाइले पाँचपाँच हजार गरेर तत्कालै १५ हजार सहयोग गरेकाछन् ।

यसैगरी स्थानीय रुद्र कार्कीले १६ हजार, गुणराज थापाले १५ हजार, प्रकाश बुढाथोकीले ३ हजार, नवसिर्जना टोलले ५ हजार, लायन्स क्लव अफ माउष्ट एभरेष्टले ५ हजार,जिरायत प्रगतीटोलले ५ हजार सहयोग गरेकाछन् ।  यहाँहरुको सानो सहयोगले यि बालिका बाँच्न सक्छिन् ।