परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुनै पनि मित्रराष्ट्र विरुद्धलक्षित सैन्य गठबन्धनमा नेपालको समर्थन नहुने बताएका छन्।

बिम्स्टेक सम्मेलनपछि उक्त सङ्गठनसम्बद्ध राष्ट्रका सेनाको भारतमा हुन लागेको संयुक्त अभ्यासबारे उनले त्यस्तो प्रतिक्रिया दिएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पाकिस्तान र चीन बिम्स्टेकमा आबद्ध नरहेकाले उक्त अभ्यासलाई कतिपयले यस क्षेत्रमा भारतले आफ्नो छुट्टै सैन्य गठबन्धन रहेको भनि आफ्ना प्रतिद्वन्द्वी देशलाई 'सैन्य शक्ति' देखाउन खोजेको अर्थ लगाउने गरेका छन्।

यस्तो स्थितिमा चीनलाई चिढ्याउने गरी नेपालले उक्त सैन्य अभ्यासमा भाग लिनु कतिको उपयुक्त हो?

चीनलाई झस्काउने? उनले चीन र भारत दुवैसँग नेपालले छुट्टाछुट्टै सैन्य अभ्यास गर्दै आएको बताउँदै एउटा कुनै मुलुक कसैसँग झस्किनु नपर्ने बताए।

उनले भने, "कुनै सैन्य गठबन्धनप्रति हाम्रो चासो, रुचि र समर्थन हुँदैन। तर आफ्नो सेनाको क्षमता अभिवृद्धिको निम्ति त्यस्ता अवसर सदुपयोग गर्न हामी पछि पर्नु जरुरी छैन।"

बिम्स्टेक राष्ट्रको सैन्य अभ्यास पहिलो पटक हुन लागेको हो।

परराष्ट्रमन्त्री ज्ञवालीले भने, "त्यसमा नेपाल कसरी प्रस्तुत हुने, त्यसबाट नेपाललाई के लाभ हुन्छ र त्यसका के प्रभाव हुन्छन् भन्नेबारे हामी अध्ययन गर्दैछौँ।"

बिबिसी बाट