काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एशियाली खेलकूद (एशियाड) मा रजत पदक जित्न सफल नेपाली प्याराग्लाइडिङ खेलाडीलाई बधाइ दिएका छन्।

प्रधानमन्त्री ओलीले बुधबार साँझ ट्वीटमार्फत पदक विजेता टोलीलाई बधाइ दिएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इण्डोनेसियामा जारी १८ औं संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालका युकेश गुरुङले रजत पदक हात पारेका छन्।

एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत जितेको हो।