काठमाडौं : सुन तस्करीको लगानी रहेको आरोपसहित शिलबन्दी गरिएको बाजेको सेकुवा रेस्टुरेण्ट खोल्न सर्वोच्च अदालतले बुधबार सरकारलाई अन्तरिम आदेश दिएको छ।

बाजेको सेकुवाका संचालक चेतन भण्डारीकी पत्नी नीतिमा भण्डारीद्वारा दायर रिटमा सुनुवाइ गर्दै सर्वोच्चले शिलबन्दी तोड्न सरकारका नाममा आदेश दिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चेतनलाई संगठित अपराध ऐनअन्तर्गत सुन तश्करीसँग जोडेर मुद्दा चलाइएको छ। सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले बाजेको सेकुवाका सबै शाखा खोल्न आदेश दिएको हो।

उपत्यकाका ६ स्थानमा बाजेको सेकुवा कर्नर संचालनमा थिए। पेशा व्यवसाय गर्न पाउने संवैधानिक हकमा आघात पुगेको दाबी नीतिमाको छ। अन्नपूर्ण पोस्ट बाट 

यो पनि पढ्नुहोस् 

बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा प्रहरीको मोटरसाइकल दुर्घटनामा परेको छ ।

स्कर्टिङका क्रममा कालिमाटीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दार दिनेश श्रेष्ठ घाइते भएका छन् । उनको प्रहरी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त, कालिमाटीले जनाएको छ । सोल्टी होटलबाट एयरपोर्ट जाने क्रममा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको बताइएकाे छ ।

उनका अनुसार घाइते प्रहरीकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे जनाइएकाे छ ।

https://youtu.be/9vi085spNVY