काठमाडाैं । सुरक्षा अधिकारीहरुले अाज साँझ काठमाडौंको कपन गुम्बा नजिक रहेको रोहिंग्या शरणार्थी शिबिरमा खानतलासी र रोहिंग्या शरणार्थीहरुसँग सोधपुछ गरेका छन्।

महानगरीय प्रहरी वृत्त बौद्ध र प्रभाग कपनको टोलीले बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) को पूर्वसन्ध्यामा सुरक्षा प्रयोजनका लागि ‘सर्च अप्रेशन’ चलाएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुरक्षा अधिकारीले कपनस्थित करिब डेढसय टहराहरुमा खानतलासी गर्नुका साथै सोधपुछ गरेका थिए। एक अधिकारीका भनाईमा, शरणार्थीहरुलाई कुनै बाधा नपुर्‍याई सुरक्षा कारवाही गरिएको थियो।

बिमस्टेक बैठकमा सहभागी हुने बिशिष्ठ पाहुनाहरुलाई रोहिंग्या शरणार्थीबाट समेत असुरक्षा रहेको बिश्लेषण सहित नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले खानतलासी गरेका हुन्।