झापा। झापाको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी पाँच जना घाइते भएका छन्। दमक नगरपालिका ७ श्रीपाली टोल स्थित भित्री सडक खण्डमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किंदा चार जना घाइते भएका छन् ।
को ७ प ९७१९ नम्बर र मे १० प १५७८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा को ७ प ९७१९ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका ७ बस्ने २३ बर्षीय विवेक श्रेष्ठ, सोही गाउँपालिका ८ बस्ने २० बर्षीय सोनी लिम्बु र गौरादह नगरपालिका ५ बस्ने १४ बर्षीया मल्लिका लिम्बु, दमक नगरपालिका ७ बस्ने २७ बर्षीय सुनिल राई घाइते भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाइते सुनिल राईको दमक स्थित लाईफ लाईन अस्पतालमा उपचार भईरहेको छ भने अन्य तीन जना घाईतेहरुलाई उपचारका लागि विराटनगर स्थित न्यूरो अस्पताल लगिएको जनाइएको छ । त्यसैगरी दमक नगरपालिका ८ स्थित एभरेष्ट बोर्डिङ स्कुल अगाडी मे ९ प ८५१५ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ सोही स्थान बस्ने खिलराज खतिवडाको ६ वर्षीय छोरा यमिर खतिवडा घाइते भएका छन्।
घाइते बालकलाई मोटरसाइकल चालक दमक नगरपालिका ८ बस्ने १७ बर्षीय युनिक कार्कीले उपचारका लागि लाईफ लाईन अस्पताल दमक लगेका छन्, भने मोटरसाइकल ईलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाइएको छ ।










