दमक/प्रतिकुल मौसम भएपनि बिहिबार बिहान दमक जेसिज सप्ताह उदघाटन भएको छ । बिरुवा र डस्विन बितरण गरेर जेसिज सप्ताहको उद्घाटन भएको हो । सामाजिक उत्तरदायित्व बहन अन्र्तगत जेसिजले प्रत्येक बर्ष सप्ताह मनाउदै आएको दमक जेसिजका अध्यक्ष चन्द्र खत्रीले बताए ।

राज अग्रवाल संयोजकत्वमा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश साँसद अर्जुन राइ रहेका थिए । वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापा, दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल लगायतले शुभकामना मन्त्ब्य राखेका थिए । जेसिज सप्ताह मुल संयोजक कमल कट्वालका अनुसार अपरान्ह ४ बजे पत्रकार र जनप्रतिनिधिबीच फटसल हुनेछ ।