झापा, १४ भदौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो समय सैन्य बन्दोबस्ती गरिरहेको समाचार बाहिर आइरहेका बेला देशभरका विप्लव कार्यकर्ताहरु भने धमाधम पक्राउ परिरहेका छन् ।

झापा प्रहरीले मेची अञ्चल व्युरो इन्चार्ज तथा केन्द्रीय सदस्य सन्तोष पतंवा (सुमन) सहित ११ जनालाई पक्राउ गरेको छ । इलामको सूर्योदय नगरपालिकास्थित समाल्बुङ–५ बाट प्रहरीले बुधबार ताप्लेजुङको खेजेनिम घर भएका सुमनसहित ११ जनालाई पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पक्राउ पर्नेमा इलाम, ताप्लेजुङ र झापाका नेता कार्यकर्ता रहेको प्रहरीले बताए पनि नाम भने सार्वजनिक गरेको छैन । अञ्चलस्तरीय भेलाको तयारी गरिरहेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले बताएका छन् ।

प्रहरीले उनीहरुलाई बिहीबार (आज) दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको बताएको छ । मेची अञ्चल ब्युरो इञ्चाज सुमनसँगै छ जना केन्द्रीय सदस्य पक्राउ परिसकेको नेकपाले जनाएको छ ।

यसअघि देवनारायण शाह, दिपेश राई किरण राई, चन्द्रवहादुर खड्का र टेकबहादुर केसी पक्राउ परेको नेकपाको दाबी छ । यस्तै नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पनि केहि समयअघि पक्राउ गरिएको छ । नयाँ पेज बाट