राजविराज – सप्तरीमा आज बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। तीनको अवस्था गम्भीर छ।

पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ६९४२ नं.को बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिकाको कल्याणपुरमा दुर्घटनामा परेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बस अनियन्त्रित भई सडकमा पल्टेको हो। इलाका प्रहरी कार्यालय कल्याणपुरका अनुसार गम्भीर घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। रासस