दमक/झापाको कमल गाँउपालिका पाडाजुंगीमा भर्खरै दुर्घटना भएको छ । ३ बजेर १० मिनेट जाँदा स्कुटर र मोटरसाइकल दुर्घटनामा पर्दा २ जना घाइते बनेकाछन् । मे ६ प ७०३४ नम्बरको स्कुटर र म ५ प ३०६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जनाईएको छ ।

स्कुटी चालक आशिका राजबंशी र मोटरसाइकल चालक समिर बराइली घाइते बनेको बताईएको छ । मोटरसाइकल बाटो क्रस गर्ने क्रममा स्कुटीले ठक्कर दिदा दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताए ।