दमक÷जतिखेर दमकमा हातले गन्ने घरहरु थिए । धान कुटानीपिसानी देखि लिएर हरेक कुरामा एउटा परिवारमा निर्भर थियो दमकका धेरै परिवार । रामेश्वरदास अग्रवालको परिवारलाई अहिले पनि पुरानो पुस्ताले बिर्सन सक्दैन । नयाँ पुस्तालाइ उनिहरुको बिषयमा थाहा नहोला तर पुरानो पुस्ताले भने उक्त परिवारलाई आदर्श परिवार मान्छ । रामेश्वरदास अहिले भौतिक रुपमा नभए पनि उनको परिवार अहिले पनि दमकमा इज्वतदार ब्यापारिको रुपमा चिनिएको छ । छोरा इन्द्रसेन अग्रवालले आफ्नो बुबाको योगदानलाई स्मरण गर्दै कसैलाई पनि दुख नदिने र सकेसम्म सामाजिक सेवामा क्रियाशिल रहने बताउदै आएकाछन् । नाती नबिन अग्रवाल हजुरबुबाले समाजलाइ दिएको योगदानबाट आफूपनि प्रभावित भएको बताउदै हजुरबुबाले देखाएको बाटो नबिर्सने बताउछन् । करिब साढे छ दशक अघि इलामबाट यो परिवार झापाको दमक आएको हो । दमकमा यो परिवारलाइ सम्पन्न परिवार मानिन्थ्यो । एकैसाथ एकसयजनालाई भन्दा बढिलाइ नियमित खान पाक्थ्यो ।

अग्रवाल परिवारलाई बुझेका पुराना बुढापाकाहरुका अग्रवाल परिवारमा भोको पेट कोहि गएको हुन्थ्यो भने उ पेट भरी खाएर फर्कन्थ्यो । रामेश्वरदास अग्रवालको घरमा आउदा पुराना नेताहरुको पनि खानपान र बसोबास हुन्थ्यो । छोरा इन्द्रसेनका अनुसार अहिले पनि नेपाली राजनीतिमा चर्चित रहेका कतिपय नेताहरु धेरै दिन आफ्नो बुबासंग आएर बसेकाछन् । तर आफू अहिले उनिहरुलाइ खोज्दै र पुरानो कुरा सम्झाउदै नजाने बताउदै बुबाले हिडेको पथ र सिकाएको सामाजिक सेवालाई निरन्तरता दिने उनि बताउछन् । २०१८ सालमा झापाको दमक आएका रामेश्वर दासको परिचय ज्योतिस राइस मिलबाट झनै बढेको थियो । दमकमा ढिकि र जातोको जमानाबाट यहाँका बासिन्दालाई उनले मुक्त बनाए ।

नाती नबिन अग्रवाल अहिले दमक उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य, दमक जेसिसका उपाध्यक्ष, रोटरी क्लव दमक लगायतका सामाजिक संघसंस्थामा आबद्ध रहेकाछन् । यहि परिवारले इलामको चुलाचुलीको एक बिद्यालयमा खानेपानीको ब्यवस्था पनि मिलाइ दिएको छ । रोटरी क्लव मार्फत इन्द्रसेन अग्रवालका छोरा तथा नबिन अग्रवालका भाइ अंकीत अग्रवालको स्मृतीमा बिद्यालयका बिद्यार्थीहरुलाइ खानेपानीको ब्यवस्था मिलाइ दिएको हो । तिनै अग्रवाल परिवारले यसैसाता दमक र लखनपुरका बिभिन्न गरिब ४० जना जेष्ठ नागरिकहरु कम्मल बितरण गरे ।

जेष्ठ नागरिक सम्मान प्रतिष्ठानले संयोजन गरेको कार्यक्रममा उमेरले ९ दशक नाघेका भवानी गौतमले आँखाबाट आँशु झार्दै भने–‘रामेश्वरदासमा भगवनामा हुने पनि गुण रहेको थियो र उसले कसैको पनि आँखामा आँशु, पेटमा भोक देख्न सक्नु भएन ।’ उनले आँखाबाट आशु झार्दै भक्कानिदा एकसयभन्दा बढि जेष्ठ नागरिकहरु पनि भावुक बने । त्यो भन्दा अगाडि नाती नबिन अग्रवालले उर्लाबारीमामा रहेका अनाथ बालिबालिकाहरुसंग आफ्नो जन्मदिन मनाए । त्यहाँ रहेका अनाथ बालबालिकाहरुका लागि एक महिनाका लागि दाल लगायतका अत्यआवश्यकीय खाद्यन्नहरु उपलब्ध गराए । त्यसपछि उनले आफ्नी छोरीको जन्मदिन पनि त्यहि अनाथ आश्रमका बालबालिकाहरुसंग गएर दुखसुख साटसाट गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah