दमक/झापाको दमकमा आज पत्रकार र जनप्रतिनिधिबीच मैत्रीपूर्ण फुटसल खेल प्रतियोगिता सम्पन्न भएको छ । दमक जेसिज सप्ताह कार्यक्रमको उद्घाटन कार्यक्रम अन्तर्गत खेल भएको हो ।

खेलमा जनप्रतिनिधिलाई १ गोलको विरुद्ध ९ गोल गर्दै पत्रकारले भारी अन्तरमा विजय हात पारेको छ । पत्रकारका तर्फबाट टिम क्याप्टेन डिकेश लामाले पहिलो गोल गरी खाता खोलेका थिए । खेलमा उत्तम रिजालले ४ गोल, मञ्चका अध्यक्ष मनकुमार गदालले १, सुदिप अधिकारीले १, जिवन चुडालले १ गोल लोकनाथ रिजाल १ गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक नगर पालिकाका जनप्रतिनिधिका तर्फबाट मनिराज धिमालले १ गोल गरेका थिए । र दमक पत्रकार मञ्चसँग आवद्ध पत्रकादमक जेसिजको खेल कार्यक्रम संयोजक उमेश गजमेरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि दमक रेडक्रस सोसाईटी दमक शाखाका सभापति प्रकाश बुढाथोकीले गोल र जर्सी प्रदान गरी खेल शुरु गरिएको थियो ।

उद्घाटन कार्यक्रममा बुढाथोकीले यस्ता खेलले समाजमा सद्भाव र एकताको विकास हुने बताउनु भयो ।  खेलमा विजेता टीमलाई आगामी २१ गते पुरस्कार वितरण गरिने आयोजक दमक जेसिजका अध्यक्ष चन्द्र खत्रीले जानकारी दिनु भयो ।