खानेपानी तथा सरसफाई मन्त्री बिना मगरको नक्कली हस्ताक्षर गरेकाे अाराेपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाका सञ्जिव दाहाल रहेका प्रहरीले जनाएको छ। दाहाल नेकपा निकट पत्रकार हुन्।

उनले मन्त्री मगरकाे अाँफै हस्ताक्षर गरेर र नागिकताकाे प्रतिलिपी देखाएर नेपाल टेलिकमको सिम निकाल्न खाेजेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दाहाललाई महानगरीय प्रहरी वृत दरबारमार्गले पक्राउ गरेको हो। वृत्तका प्रमुख दानबहादुर मल्लले मन्त्री मगरको ब्यक्तिगत विवरणको प्रयोग गरी अनाधिकृत रूपमा सिम निकाल्दै गर्दा नियन्त्रणमा लिएको बताए।