दमक/झापा दमकको स्वर्णलक्ष्मि सहकारी संस्थाको अध्यक्षमा पुन रबि न्यौपाने निर्वाचित भएकाछन् । सहकारीको नबौ साधरणसभाले उनलाइ पुन एक कार्यकालका लागि अध्यक्ष चयन गरेको हो ।

चुनावी साधरणसभा भएकाले यो पटक दुइजनाको उम्मेदवारी परेको थियो । संस्थाका अनिल सुबेदीले पनि उम्मेदवारी दिएका थिए । उनले अन्तिम समयमा न्यौपानेलाइ सर्वसम्मत बनाउनका लागि मनोनयन फिर्ता लिएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
सचिबमा बुद्धिसागर बराल, कोशाध्यक्षमा चन्द्रमाया निरौला जमुना, सदस्यहरुमा तुलसीराम प्रसाइ, पुरुषेत्तम ढकाल, सञ्जिब रिमाल र प्रेमकुमार रिजाल चयन भएको बताईएको छ ।

स्वर्णलक्ष्मि सहकारी दमकमा ठुलो कारोबार गर्ने सहकारी संस्थाहरु मध्येको एक मानिन्छ । सहकारीले आफ्नै भवन बनाउनका लागि जग्गा खरिद गरेर भवन निर्माणको काम अघि बढाएकाले तत्कालै भवन निर्माणको काम शुरु गर्ने न्यौपानेले जनाए ।