दमक/झापाको दमक बहुमुखि क्याम्पसको सञ्चालक समितिमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको बताईएको छ । लामो कसरतपछि सर्वसम्मत रुपमा सदस्यहरु छानिएकाहुन् ।

नेकपाबाट अम्बिका खनाल, बोधराज घिमिरे, बेदु गौतम, महेश घिमिरे, नेपाली काँग्रेसबाट सुरेस सुब्बा, रोशन बिष्ठ, राप्रपाका राम थापा, बासु भट्टराइ, संघीय समाजबादी फोरमका प्रविण चाम्लिङराइ र धिरेन लावती, मोहन धिमाल सदस्यमा सर्वसम्मत भएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अब सदस्यहरुमध्येबाट नै अध्यक्ष छनौट हुने जनाइएको छ । नेकपाबाट अम्बिका खनाल र काँग्रेसबाट निवर्तमान अध्यक्ष देबी दाहाल वा सुरेश सुब्बामध्येबाट एकजना उम्मेदवार बन्ने चर्चा छ ।