काठमाडौं । नेपाली योगसाधक अनन्तराम केसीले लगातार ९० घण्टा २ मिनेट प्रवचन दिएर विश्व कीर्तिमान बनाएका छन् । उनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले प्रमाणपत्र समेत दिएको छ ।

केसीले काठमाडौंमा भदौ ११ गते बिहान ६ः१५ बजेदेखि प्रवचन दिन सुरु गरेका थिए । उनले भदौ १४ गते राति १२ः१७ बजे सम्म निरन्तर प्रवचन दिएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनलाई गिनिज बुकले १५ गते बिहान २ बजे नै प्रमाणपत्रसमेत दिएको बताईएको छ ।

यसअघि यो कीर्तिमान एक भारतीयको नाममा रहेको थियो । उनले ८१ घण्टा १६ मिनेटको कीर्तिमान बनाएका थिए ।