१५ भदौ – बिमस्टेक राष्ट्रका परराष्ट्र मन्त्रीहरुले बिमस्टेक ग्रिड स्थापना सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । बिमस्टेक राष्ट्रहरुबीच ऊर्जा आदानप्रदानका लागि ग्रिड स्थापना गर्ने सम्झौता भएको हो ।

बिमस्टकमा नेपालसँगै भारत, बंगलादेश, भुटान, श्रीलङ्का, म्यानमार र थाइल्याण्ड सदस्य रहेका छन् । नेपाल र भारतबीच विद्युत व्यापार सम्झौता भैसकेको छ । त्यस्तै नेपालले बंगलादेशसँग विद्युत व्यापार सम्झौता गरिसकेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ग्रिड स्थापनाको सम्झौताले नेपाललाई विद्युत व्यापारको बाटो खोलेको छ ।