१५ भदौ– कञ्चनपुरमा एक युवतीलाई घरमा आएका पाहुनाले बाहिर लगेर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
१३ वर्षीया बालिका निर्मला पन्तको बालात्कारको घटनाको छानविन नटुंगिँदै अर्की कोशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको हो ।
इलाका प्रहरी कार्यालय बेलडाँडीमा पीडित किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको जानकारी दिएपछि बलात्कारको घटना सार्वजकि भएको हो।
बिहीबार घरमा पूजामा आएका निम्तालुले १६ वर्षीया ती किशोरीलाई घरबाट बाहिर लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
घटना बिहीबार राती २ देखि ३ का बीचमा भएको र संलग्न दुई जनाको पहिचान भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थल भारतिय सीमा नाका नजिकै रहेको र शंकास्पदको भइरहेको बताएको छ ।










