दमक बहुमुखीमा पुनः श्रेष्ठ दमक/दमक बहुमुखी शाकोसको शुक्रवार सम्पन्न १६ औ बार्षिक साधारणसभाको वन्दसत्रले सञ्चालक समिति,लेखा समिति सर्वसम्मत निर्वाचित गरेको छ । व्यवस्थापक हेमन्त रिजालका अनुसार सञ्चालक समितिको अध्यक्षमा पुनः सुरेन्दकुमार श्रेष्ठ चुनिएका छन् । समितिको उपाध्यक्षमा ज्ञानेन्द्रप्रसाद वाग्ले,सचिवमा रुपनारायण न्यौपाने र कोषाध्यक्षमा वसन्त उपाध्याय र सदस्यहरुमा कमलप्रसाद दाहाल,मोहनकुमार श्रेष्ठ, ध्रुवकुमार अधिकारी,इन्दिरा नेम्बाङ र बुद्धिशेखर भट्टराई चयन भएका छन् । दाहालबाहेक अन्य सवै पूराना सञ्चालक हुन् ।

यसैगरि गोपालप्रसाद दाहालको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत निर्वाचित भएका छन् । समितिको सदस्यद्धयमा द्रोर्णप्रसाद खनाल र यशोदा देवी काफ्ले चुनिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाको उद्घाटनमा संस्थाले उत्कृष्ठ कर्मचारीका रुपमा भिमा दाहाल, ५ पत्रकार ,१६ जना विभिन्न कारोवारमा उत्कृष्ठ हुने शेयर सदस्यहरुलाई पुरस्कृत गरेको थियो । त्यस्तै,संस्थाले शैक्षिक पुरस्कारबाट एसइइतर्फ नेमिश चौहान,खेमराज श्रेष्ठ,सिसन नेम्बाङ,प्रमाणपत्र तर्फ निशान पराजुली र स्नातक तर्फ अनु कार्कीलाई नगद,प्रंससासहित पुरस्कृत गरिएको थियो ।

साधारणसभामा दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल,सहकारी कर्मचारी संघका केन्द्रीय सचिव खोमप्रसाद बगाले, शेयर सदस्य विष्णु अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । २ करोड ५८ लाख शेयर पूंजी रहेको सो संस्थाले गएको वर्ष ६३ करोड बराबरको कारोवार गरेको थियो ।

फाल्गुनन्दको सातौं बार्षिकोत्सव भब्य 

दमक– ६ स्थित फाल्गुनन्द शाकोसले आफ्नो सातौं बार्षिक साधारणसभा रेडक्रस भवनमा सम्पन्न ग¥यो भने दमक–१ को दमक बहुमुखी सहकारी संस्थाले स्थानीय कस्मिक पार्टी प्यालेसमा आफनो १६ औं बार्षिक साधारणसभा गरि नयाँ नेतृत्व समेत चयन गरेको छ । त्यस्तै,दमक–६ कै हिमचुली बचत तथा ऋण सहकारी संस्थाले स्थानीय पाथीभरा पार्टी प्यालेशमा आफनो १० औं बार्षिक साधारणसभा सम्पन्न गरेका हुन् । फाल्गुनन्द शाकोसको साधारणसभामा संस्थाका अध्यक्ष संकल्प लिङदेन ( पदम ) ले सञ्चालक समितिका तर्फबाट अध्यक्षको प्रतिवेदन र लेखा संयोजक लिलाराज तुम्बापोले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । ती दुवै प्रतिवेदन सुझावसहित पारित गरिएको संस्थाका व्यवस्थापक कुवेरप्रसाद तुम्बापोले जानकारी दिए । साधारणसभामा आफना दुई जना शेयर सदस्यका परिवारलाई राहत कोषमार्फत आर्थिक सहयोग प्रदान गरिएको थियो । नगरपालिकाका शिक्षा अधिकृत शालिगराम काफ्लेको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा बचत तथा ऋण सहकारी महासंघकी केन्द्रीय सदस्य चन्द्रा खड्का भट्टराई,वडा सदस्य लक्ष्मी दाहाल,क्षेत्रीय सहकारी समन्वय समितिका संयोजक प्रेम कोइरालालगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाले गएको वर्ष रु १ करोड ९४ लाख ५५ हजार ३ सय शेयर पूंजी पु¥याँएको छ भने चालु वर्षमा त्यस शेयर पूंजी २ करोड ५५ लाख २ सय पु¥याँउने लक्ष्य राखेको छ । सार्वजनिक गरिएको प्रतिवेदनमा गएको वर्षमा २० करोड १४ लाख १६ हजार ५ सय ७१ रुपैया निक्षेप ग¥यो भने १९ करोड ८ लाख ४३ हजार २ सय ६२ रुपैया फिर्ता गरेको उल्लेख छ । त्यसैगरि ,सोहि बर्ष ८ करोड ६५लाख २१ हजार ३ सय ३२ रहेको छ भने चालु वर्ष त्यसमा बृद्धि गरि रु २० करोड कर्जा लगानी पु¥याँउने लक्ष्य राखिएको अध्यक्ष लिङदेनले बताए । यसैगरि संस्थाको जगेडा कोषमा २३ लाख ९१ हजार ६ सय ४३ रुपैया,घरजग्गा कोषमा १५ लाख ८१ हजार २ सय ५०,अन्य कोषमा १६ लाख २९ हजार ३ सय ८९ रुपैया रहेको जनाईएको छ ।

हिमचुलीको पनि साधरणसभा

यसैगरि जिल्ला सहकारी संघकी उपाध्यक्ष गीता कुँवरको प्रमुख आतिथ्यतामा हिमचुली शाकोसले आफनो साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटनमा संस्थाकी अध्यक्ष लीलादेवी ढुङेलले सञ्चालक समितिका तर्फबाट अध्यक्षको प्रतिवेदन र लेखा संयोजक गंगाप्रसा ढुंगेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वन्द सत्रले दुवै प्रतिवेदन सुझावसहित पारित गरिएको व्यवस्थापक छविलाल घिमीरेले बताए । सो अवसरमा संस्थाले ऐच्छिक बचत तर्फ ४ जना,बाल बचतमा २ ,आवधिक बचतमा २ र उत्कृष्ठ ऋणीमा २ जना शेयर सदस्यलाई पुरस्कारसहित सम्मान गरिएको थियो । साधारणसभाको उदघाटनमा उद्दार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरवहादुर भट्टराई, दर्पण बचत तथा ऋण सहकारीकी अध्यक्ष रेगिना भट्टराई प्रसाई, सहकारीकर्मी राजकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।