दमक । झापा दमक वडा नं. ८ का ६० भन्दा बढि जेष्ठ नागरिकहरु छाता पाएपछि दंग भएकाछन् । बर्षाद र गर्मिको समयमा जेष्ठ नागरिकहरुलाइ हिडडुल गर्न सहजहोस भनेर आफुहरुले ६० बर्ष माथिका ६० भन्दा बढि जेष्ठ नागरिकहरुलाइ छाता उपलब्ध गराएको दमक जेसिजका अध्यक्ष चन्द्र खत्रीले बताउनु भयो ।

जेसिजले समाजमा आधारित रहेर जेसिज सप्ताह घोषणा गरेर निरन्तर रुपमा सामाजिक काम गर्दै आएको छ । संघसंस्थाहरुले कार्यक्रम गर्दा जेष्ठ नागरिकहरु खासै कसैको पनि नजरमा नपरेको पाएपछि आफुहरुले सानो सम्मान स्वरुप जेसिज कार्यालय रहेको वडाभित्रका जेष्ठ नागरिकहरुलाए छाता बितरण गरेको अध्यक्ष खत्रीले जनाउनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वडा नंं ८ का वडाध्यक्ष पशुपतिराज गौतम, दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारी लगायतले यो एउटा नमुना र उदाहरणिय काम भएको बताउनु भयो । उहाँहरुले जेष्ठ नागरिकहरुका लागि यो उपयोगि पनि हुने जनाउदै उहाँहरुको स्वास्थ्य परीक्षण, परामर्श लगायतका कार्यक्रमहरु समेत अघि सार्नु पर्नेमा उहाँहरुको जोड रहेको थियो ।

जेसिजले शुक्रबार नै दमक ८ कै सुकुम्बासी बस्तिमा बिपन्न परिवारहरुलाइ लक्षित गरेर स्वास्थ्य शिबिर समेत सञ्चालन गरेको छ । फ्याम्लि फिजिसियन डा. निमा शेर्पा र रोशन बस्नेतले एकसय भन्दा बढि बिरामीको स्वास्थ्य परीक्षण गर्नु भएको थियो । अति बिपन्न र सुकुम्बासी समुदायका महिला, जेष्ठ नागरिक र महिलाहरुले यसबाट सेवा लिएको दमक जेसिजका कार्यकारिणि उपाध्यक्ष भीमराज केसीले जनाउनु भयो ।

सो अवसरमा स्वास्थ्य परीक्षणसंगै बिरामीलाइ निशुल्क औषधि समेत बितरण गरिएको थियो । एडभान्स मल्टिस्पेशियालिटी अस्पतालको प्राविधिक सहयोग रहेको स्वास्थ्य शिबिरमा सर्जिड्रग मेडिकोले औषधि उपलब्ध गराएको जेसिजले जनाएको छ । गरिबीका कारण अस्पताल र बिशेषज्ञको पहुचमा नपुगेका सुकुम्बासी बस्तिमा स्वास्थ्य शिबिर गरिएपछि स्थानीयहरु खुसि भएका थिए ।