केसी, गुरागाइ र बराल को होला भाग्यशाली ?

दमक/दमक जेसिजले जेसिज सप्ताह आज समापन गरिरहदा अब नयाँ नेतृत्वको समेत चर्चा हुन थालेको छ । एक ब्याक्ति, एक बर्ष, एक कार्यकाललाइ महत्व दिएको जेसिजको नेतृत्वका लागि ३ जनाको नाम चर्चामा रहेको छ ।

अहिले जेसिजमा पदाधिकारी रहेका भीमराज केसी र गोपाल गुरागाइले दाबेदारी प्रस्तुत गरेकाछन् भने अघिल्लो पटक चन्द्र खत्रीसंग पराजित बद्रि बराललाइ एकपटक मौका दिनुपर्छ भन्नेहरु पनि भेटिने गरेकाछन् । यद्यपि बराल आफैले यसबारेमा मुख खोलेका छैनन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक नगरपालिका वडा नं. ८ का वडा सदस्य समेत रहेका केसी यो पटक कुनै पनि हालतमा नछाड्ने बताउदै आएकाछन् । यो पटक आफुलाइ सहयोग गर्ने भनेर नै बारम्बार आफुले छाडेको र यो पटक छाड्न नसकिने उनको भनाइ छ ।

यता दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष गुरागाइ पनि प्रमुख दाबेदार हुन । अहिले महासचिब रहेका उनि आफ्नो पालो र अधिकार रहेको बताउदै आएकाछन् । उनले अघिल्लो पटक चन्द्र खत्रीलाइ सहयोग गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

महासचिबमा सुयोग र सीताको चर्चा

यसैगरी अध्यक्ष पछिको आकर्षक मानिने महासचिबमा सुयोग खरेलको चर्चा रहेको छ । उनि जेसिजका अधिकाँश पदाधिकारीमा जिम्मेवारी वहन गरिसकेकाछन् । उनि यो पटक महासचिबको बलियो उम्मेदवार हुन् ।

हरेक कार्यक्रममा सक्रीय सहभागिता जनाउने सीता कार्की पनि महासचिबका लागि दाबेदार बन्न सक्ने बताइन्छ । सक्रियता र निरन्तरताले उनको सम्भावाना पनि कम नरहेको बताइन्छ ।

तालिम केन्द्र बनाउनु मुख्य दायित्व

अध्यक्ष चन्द्र खत्रीले आफ्नो कार्यकालको सबैभन्दा ठुलो उपलब्धिको रुपमा जेसिज तालिम केन्द्र भवनको काम शुरु गर्नु भएको छ । २ कठ्ठा जमिनको ब्यवस्थापन गरेर उनले घेराबाराको काम गरेकाछन् ।

यो एउटा ठुलो र दीर्घकालिन उपलब्धि भएको जनाइएको छ । अहिले दमक जेसिजको कार्यालय तथा कार्यक्रम हल साघुरो भएको अवस्थामा अब नयाँ तालिम हल सहितको भवन बन्न शुरु गरेको छ । यसलाइ निरन्तरता दिनु अबको नयाँ नेतृत्वको प्रमुख काम रहनेछ ।