काठमाडौं– बी.पी. कोइराला स्मृति ट्रष्टले यस बर्षको बी.पी.सेनानी सम्मानबाट चक्रप्रसाद बाँस्तोलालाई सम्मानित गर्ने भएको छ । प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान पु¥याए बापत बाँस्तोलालाई यो पुरस्कार प्रदान गरिने भएको हो ।
त्यसैगरी बी.पी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिने भएको छ । एक लाख एक हजार रुपैयाँ राशी रहेको यो पुरस्कार बी.पी. जयन्तीको अवसरमा ब ट्रष्टले आगामी भदौ– २२ गते काठमाडौंमा प्रदान गर्ने छ ।
बी.पी. ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरु डाक्टर धनुषचन्द्र गौतम् र सुशीलमान शेरचनसमेतको सिफारिस समितिको सर्वसम्मतिबाट यो निर्णय गरिएको ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिए ।










