दमक,१६ भदौ/ प्रजातन्त्रका योद्धा तथा नेपाली कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्मा दाहाल सम्मानित भएका छन् । उनलाई आज दमकमा सम्पन्न नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिको प्रथम अधिबेशनको उद्घाटनका अवसरमा प्रजातान्त्रिक आन्दोलनका योद्धाका रुपमा सम्मान गरेको हो ।

उनलाई संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुले दोसल्ला,सम्मान पत्रले सम्मान प्रदान गरेकी थिइन् दाहालले प्रजातन्त्रका विभिन्न कालखण्डहरुमा पु¥याँएको योगदानको चर्चा गर्दे सम्मान गरिएको यूनियनले जनाएको छ । प्रतिवन्धित कालमा कांग्रेस झापाका सभापति भएका ८३ बर्षिय दाहाल विभिन्न कालखण्डमा ५ वर्ष जेल,३ वर्ष निर्वासन,पटक पटक एरियावन्दी,अञ्चल निष्कासन ,राजकाज सम्बन्धी मुद्धाको सजाय भोगेका थिए । तेह्थुममा जन्मिएका दाहाल लामोसमयदेखि झापाको कमल गाउँपालिका–५ मा बस्दैआएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सम्मान कार्यक्रममा बोल्दै सांसद सुब्बाले प्रजातन्त्र प्राप्तिका लागि दाहालको देन स्मरणीय भएको चर्चा गरेकी थिइन् । उनले बर्तमान मौजुदा कानुनले प्रेस स्वतन्त्रतामाथि कुण्ठित गर्न खोजेकाले त्यसको विरुद्ध सम्पूर्ण सञ्चार जगत एक हुन आवश्यक रहेको समेत औल्याईन् ।

सम्मान कार्यक्रममा युनियनका जिल्ला अध्यक्ष कृष्ण हुमागाई कांग्रेसका महासमितिहरु शरेबहादुर भट्टराई,शुरेस सुब्बा,दिलबहादुर बुढाथोकी, महाधिबेशन प्रतिनिधि रेगिना भट्टराई, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी,नगर सभापति रोशन विष्ट, नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य विमल लामिछाने ,पत्रकार मञ्चका अध्यक्ष मनकुमार गदाललगायतले आ–आफनो विचार राखेका थिए ।