खानेपानी मन्त्री बिना मगरले बलात्कार पछि हत्या भएकी बालिका निर्मला पन्त र शहिद सन्नी खुनाको परिवारसँग शनिबार भेटघाट गरेकी छिन् । सरकाले घटनाबारे छानबिन गरिरहे पनि दोषि पत्ता लगाउन सकेकाे छैन् । मगर पिडित परिवारलाई सानत्वना दिन कञ्चनपुर पुगेकी हुन् ।
निर्मलाकी आमाले घटनाबारे मन्त्री मगरलाई बताउने क्रममा राेएपछि उनले अँगालो हालेर हिम्मत नहार्न अनुरोध गरेकी थिइन् । हत्यारा छिट्टै पक्राउ पर्ने भन्दै दोषिलाई कारबाही गर्न सरकार गम्भीर भएको उनले बताइन । साथै ‘दोषिलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने’ उनले बताइन् ।
उनले शहिद सन्नी खुनाकी आमा भेटेर दुःखद घटनाप्रति समवेदना प्रकट गर्दै शहिद परिवारप्रति सदासयता देखाएकि छिन् । साथै घटनाका बारेमा प्रहरी प्रशासनसँग जानकारी समेत लिइन ।
उनको बिहीबार राति बलात्कारको शिकार भएकी अर्की १७ वर्षीय किशोरीको परिवारसँग भेटने कार्यक्रम रहेको छ ।
मन्त्री मगर सँगै भेटघाट कार्यक्रममा प्रतिनिधी सभा सदस्य डा. दिपक प्रकास भट्ट, निरु पाल, प्रदेश सभा सदस्य प्रकास रावल र मान बहादुर सुनार रहेका थिए ।










