दमक/ लायन्स क्लव अफ दमक श्रीअन्तु र मधुमल्लाको आयोजनामा आज मोरंगको मधुमल्लामा रक्तदान कार्यक्रम भएको छ । मिक्लाजुङ ७ मधुमल्लामा रक्तदान कार्यक्रम भएको हो ।

लायन्स क्लव अफ दमक श्रीअन्तुका अध्यक्ष बिपी मिश्रका अनुसार लायन्सले रक्तदान अभियान चलाएको र ग्रामिण क्षेत्रमा रक्तदान गरिएको हो ।

महिला २० जना, पुरुष ८८ जना गरेर १ सय ८ जनाले रक्तदान गरेको दमक रेडक्रसका रक्तसञ्चार प्रमुख सिद्धार्थ शर्माले बताए । रेडक्रस दमकको प्राविधिक सहयोग रहेको थियो ।