काठमाडौं : नेपालगञ्जबाट काठमाडौं आएको एति एयरलाइन्सको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार जहाज चिप्लिएर धावन मार्गभन्दा बाहिर पुगेको छ ।

नेपालगन्जबाट २१ यात्रुसहित आएको जहाज विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको प्रवक्ता ठाकुरले जानकारी दिए । जहाज धावन मार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ । तर जहाजमा सवार यात्रु भने सकुशल रहेका ठाकुरले बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जहाज दुर्घटनामा परेपछि विमास्थल बन्द छ । दुर्घटनाबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन । अन्नपूर्ण पोस्ट बाट