बजारमा नक्कली सर्टिफिकेटको चर्चा व्यापक छ । नक्कली नागरिकता पनि ब्यापकै छ भन्दा फरक पर्दैन ।  त्यस्तै नक्कली साबुन, नक्कली तेल, नक्कली सैम्पु, नक्कली औषधिबारे पनि हामीले सुनेकै हौँ ।

अब नक्कलीहरुको यो हुलमुलमा एउटा अर्को नक्कली थपिएको छ, नक्कली बलात्कारी ।  बजार त नक्कलीहरुले पुरै छोपिसकेको रहेछ । हुँदाहुँदा अब बलात्कारीसमेत नक्कली आउन थालिसक्यो । हालै मात्र कञ्चनपुरमा त्यस्तो नक्कली बलात्कारी पक्राउ परेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कञ्चनपुरमा गत महिना एक चेली बलात्कारपछि हत्याको सिका र भएकी थिइन् ।  घटनाप्रति स्थानीय जनता आक्रोशित भएपछि प्रहरीले एउटा बलात्कारी पक्राउ गर्यो  सबैका सामु सार्वजनिक पनि गर्यो ।  पछि थाहा भयो, उनी त नक्कली बलात्कारी पो रहेछ ।, आजकोनेपालसाप्ताहिकमा यो खबर छ ।