केबि महरा/झापा
झापा पृथ्विनगर निवासी बाेन म्याराे राेगबाट ग्रसित अन्जु रहपाल बि. क. लाई फेसबुक सामाजिक सन्जाल ग्रुप - 'मिस्टर ह्याण्सम भर्सेस मिस ब्युटिफुल रुम रिलाेडेड' नामक समुहले अार्थिक संकलन गरि पिडितका परिवारलाई उक्त संकलित रकम हस्तान्तरण गरेकाे छ ।
शनिबार पिडितका परिवारलाई भेटी उक्त संकलित रकम परिवार एवम आर्थिक संकलन समितिका प्रतिनिधि श्री इन्द्रलाल पुरी लाई हस्तान्तरण गरिएको ग्रुप एड्मिन प्रीतम गौतमले बताउनु भयो ।
घरकाे अार्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उपचार गर्न कठिनाइ भईरहेकाे कुरा अन्जुले सामाजिक संजालहरुमा भने पछि ग्रुप एड्मिनले सहयोगको आह्वान गरेका थिए । ग्रुपकै सकृयतामा समुहमा आबद्द देस-बिदेसमा रहेका साथिहरुबाट रकम संकलन गरिएको थियो । जसबाट रु. २३,८१०/-( तेईसहजार आठसय दस) संकलन भएको थियाे ।
बोनम्यारो ग्रसित अन्जुको उपचार भारतमा भईरहेकाे र उपचारमा नेपाली रकम करिब २८ लाख जति लाग्ने पिडितका दाजु अर्जुन बिक ले जनाएका छन् ।
देश तथा विदेश मा बस्ने ग्रुप मेम्बर हरुको संयुक्त प्रयासमा रकम संकलन गरिएको थियो । अन्जुलाइ अहिले उपचार को लागि भारत लगिएको उहाको परिवार बताएको छ ।
"सेवा नै धर्म हो , हाम्रो सानो सहयोगमा अन्जुको नयां जीवन सुरुवात हुन्छ भने हामी किन सहयोग नगर्ने " भन्दै रकम हस्तान्तरण कार्यक्रम मा ग्रुप एड्मिन् प्रितम गौतमले आफ्नो बिचार राख्नु भएको थियो । उहाँ ले थप्दै भन्नू भयो -" बाच्ने रहर कसलाइ हुदैन र ? एउटा निम्नवर्गको परिवार लाई उपचारमा लाग्ने खर्च जुटाउनु असामान्य जस्तै हो,त्यसैले हाम्रो सहयोगी हात यस्तो कार्यमा जुटाउनुनै मानवताको परिचय हो ,थोपा थोपा मिलेर समुन्द्र बन्छ त्यसैले सहयोग धेरै थोरै भन्दा पनि आफुले सकेको सहयोग गर्न उहाँ ले सबैलाइ आग्रह समेत गर्नु भएको थियो ।
#अनुरोधमा
*- यदि तपाईं पनि सहयोग गर्न चाहानु हुन्छ भने आर्थिकसंकलन समिती का प्रतिनिधि श्री इन्द्रलाल पुरी (मो.-9807948362) लाई सोझै सम्पर्क गरेर सहयोग गर्न सक्नु हुनेछ ।










