उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा गएराति मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३प ७९०९ नम्बरको मोटरसाइकलको ठक्करले तेह्रथुमको लालीगुँरास नगरपालिका–२ घर भएका ५५ वर्षीय उद्धव मोतेको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मोतेको उपचारका लागि स्थानीय पथरी अस्पतालमा पुर्‍याउनेबित्तिकै मृत्यु भएको हो ठक्कर दिने मोटरसाइकलका चालकलाई इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेले नियन्त्रणमा लिएको छ। रासस