दमक/झापाको दमकस्थित एडभान्स मल्टीस्पेसियालिटी अस्पताल प्रा.लिले बिधिवत रुपमा आइतवारदेखि आइसियु सेवा शुरु गरेको छ । हाइकेयर र आइसियु सेवाको आइतवार औपचारिक उद्घाटन भएको हो ।

तेश्रो बार्षिकोत्सवको अवसर पारेर आइसियु सेवा शुभारम्भ गरिएको अध्यक्ष शेरबहादुर भट्टराइले बताए । उनले दमकका बिरामी सकेसम्म अन्यत्र जानु नपरोस र सर्वसुलभ रुपमा सेवा लिन सकुन भन्ने आफुहरुको चाहाना रहेको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेशसभा सदस्य अर्जुन राइले आइसियु कक्षको ढोकामा रिबिन काटेर सेवा शुभारम्भको घोषणा गरेका थिए । उनले दमकमा सुबिधा सम्पन्न अस्पतालहरु बन्दै जानु खुसिको कुरा भएको जनाएका थिए ।

अस्पतालका मेसु डा.सन्तोष सुबेदीका अनुसार कतिपय गम्भिर अवस्थामा ल्याइएका बिरामीहरु अन्यत्र रेफर गर्दा बीचबाटोमा नै मृत्यु हुनसक्ने भएकाले यो आवश्यकता रहेको थियो । यसले अस्पतालको सेवालाइ थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनले जनाए । २ वटा भेन्टिलेर सहितको सेवा यहाँ उपलब्ध हुने उनले जानकारी दिए ।