दमक/झापा दमकस्थित दमक बहुमुखि क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा पुन नेपाली काँग्रेसका देबीप्रसाद दाहाल निर्वाचित भएकाछन् । सर्वसम्मत रुपमा सञ्चालक सदस्यहरु निर्वाचित भएपछि आज पदाधिकारी चयन भएको हो ।

उपाध्यक्षमा संघीय समाजबादी फोरमका नेता प्रविण चाम्लिङ निर्वाचित भएकाछन् । दमक बहुमुखि क्याम्पसको निर्वाचन राजनीतिक दलहरुबीच कडा रुपमा लागेको थियो । दूइदिन अघि सर्वसम्मत रुपमा सञ्चालक सदस्यहरु छानिएका थिए । सञ्चालक सदस्यहरुबाट नै अध्यक्ष चयन भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

क्याम्पस कमजोर ब्यवस्थापन र प्रशासकीय कमजोरीका कारण साढे ३ करोड भन्दा बढि घाटामा गएको सार्वजनिक भएको अवस्थामा नयाँ समितिले काम शुरु गरेको छ ।