नेपालीको मौलिक पोशाकका रूपमा रहेको दौरा सुरुवाल र साडीलाई राष्ट्रिय पोशाक घोषणा गर्न कांग्रेसले माग गरेको छ ।

प्रतिनिधि सभाको सोमवार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसकी उमा रेग्मीले विगतमा राष्ट्रिय पोशाकलाई अनासायै हटाइएको भन्दै पुनः कायम गर्न माग गरेकी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘हाम्रो देशको पहिचानका लागि पनि पुरुषका लागि दौरा सुरुवाल र महिलाका लागि साडीलाई हिम्मत साथ राष्ट्रिय पोशाक कायम गर्न माग गर्दछु,‘ उनले भनिन् ।