दमक । प्रहरीले झापाको कमल गाँउपालिकाबाट लागुऔषध कारोबारी श्रीमान श्रीमतिलाइ नै पक्राउ गरेको छ । रातको समयमा भारतवाट प्रतिबन्धित लागु औषध मोटरसाईकलमा ओसारपसार गरी रहेका छन भन्ने गोप्य जानकारीको आधारमा खटीएको प्रहरी टोलीले राती ८ बजे उनिहरुलाइ पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकका नायव प्रहरी उपरीक्षक श्यामल सुब्बाले जनाउनु भयो ।

कमल गाँउपालिका वडा नं. ५ लवडाडामा संकास्पद तरीकाले पुर्ववाट पश्चिम तर्फ आईरहेको २२० सिसीको वनटेस्ट मोटरसाईकललाई रोकी चोकजाँच गर्ले क्रममा चालक झापा दमक वडा नम्बर ५ बस्ने ३२ बर्षको टिनुवा प्रकाश भन्ने प्रकाश माझी र सोही मोटरसाईकल पछाडी सवार निजकै श्रीमती बर्ष २५ कि कबिता माझि पक्राउ परेको सुब्बाले जानकारी दिनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनिहरुको साथवाट २ वटा कालो प्लास्टिक झोलाको छुट्टा छुट्टै पोका वनाई भित्र लुकाई छिपाई राखेको अबस्थामा डाईजेपाम १२२ एम्पुल, फेनरागन १२२ एम्पुल र लुपिजेसिक १२२ एम्पुल गरी जम्मा ३६६ एम्पुल प्रतिबन्धित लागु औषध फेलापारीएको पनि प्रहरीले बताएको छ ।

श्रीमति कबिताले आफ्नो शरिरको गोप्य अंगहरुमा बाँधेर ल्याएको पाईएको पनि प्रहरीले जनाएको छ । उनिहरुलाइ पक्राउ गरी थप अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धान अनुसार यहाँको कारोबारी रहेको पत्ता लागेको जनाईएको छ ।