प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकी संहितामा रहेका कमजोरीहरु सच्याउनुको साटो सरकार प्रेस र चिकित्सकसँग जोरी खोजिरहेको टिप्पणी गरेका छन् ।

मुलुकी संहितामा रहेको व्यवस्था परिवर्तनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि कांग्रेस प्रवक्ता शर्माले मुलुक संहितामा रहेका कमजोरीहरु सच्याउनुको साटो सरकार प्रेस र चिकित्सकसँग जोरी खेजिरहेको टिप्पणी गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले संहितामा रहेका कमी–कमजोरी पहिचान हुँदा संशोधन गरेर अगाडि बढ्ने उद्देश्यले नै तत्कालिन सरकारले संहिता लागू गर्ने मिति एक वर्ष पछाडि तोकेको स्मरण गराउन खोजेका छन् ।

‘‘मुलुकी संहिता लागू गर्न एक वर्षपछिको मिति तोक्नुको कारण थियो, बिचमा कमजोरी पहिचान हुँदा संशोधन गरेर बढ्ने’ अमेरिका भ्रमणमा रहेका कांग्रेस प्रवक्ता शर्माले ट्विट गर्दै भनेका छन् ।

उनले गम्भीर प्रकृतिका विरामीलाई जिवन निर्वाहका लागि अघिल्लो सरकारले गरेको निर्णयलाई वर्तमान सरकारले खारेज गरेको प्रति लक्षित गर्दै प्रश्न गरेका छन्, ‘‘ह्विल चियरमा बसेकालाई जिविकोपार्जन भत्ता ५ हजार दिने कांग्रेस सरकारको ‘गलत निर्णय’ उल्ट्याउन सक्ने सरकार संहिताको कमजोरी नसच्याई प्रेस र चिकित्सकसंग किन जोरी खोज्दैछ ?’