विराटनगर – भीडभाडको मौका छोपी चोरी गर्न खोज्ने एक जनालाई प्रहरीले विराटनगरबाट ६० जना बढीलाई पक्राउ गरेको छ ।
विराटनगरको ऐतिहासिक रथयात्राको अवलोकनको लागि सर्वसाधारणको भीडको मौका छोपी चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अधिकांश भारतीय रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
रथयात्रामा दर्शन गर्न आएका सुनिल खतिवडाको घाँटीमा लगाएको सुनको सिक्री नै एक व्यक्तिले लुछेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ परेका अभियुक्तको नाम भने सार्वजनिक गरेको छैन । सुरक्षाको कारण भन्दै चोरीमा संलग्नलाई पक्राउ गर्नको लागि विशेष सुरक्षाको व्यवस्थासहित ड्रोन क्यामेराबाट निगरानी गरिएको थियो ।
तर, गलामा लगाएको सुनको सिक्री तथा बोकिएको पर्स हराएको भन्दै २० जनाभन्दा बढी व्यक्ति जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी निशान थापाले जानकारी दिए










