दमक/ उद्योग बाणिज्य सघंका अध्यक्ष राजेन्द्र ढकालले अर्थमन्त्री डा. युवाराज खतिवडासंग अण्डर बिलिङका कारण व्यवासायीहरु मारमा परेको जनाउदै समस्या सामधानका लागि माग गरेकाछन् ।

अण्डर बिलिङकै कारण मुख्य गरि खुद्रा ब्यवसायी मारमा परेको र यसको असर उपभोक्तालाइ समेत परेको जनाउदै समस्या सामधानका लागि माग गरेकाहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्री खतिवडाले यो समस्याको बिषयमा जानकार भएको बताउदै समस्या सामधाना लागि प्रयास भइरहेको बताए । उनले सरकारले यस बिषयमा ध्यान दिएको जनाएका थिए । दमकमा आन्तरिक राजश्व कार्यालय उद्घाटनका लागि आएका मन्त्री खतिवडाले चाँडै समस्या सामधान हुने आश्वसन दिए ।

आन्तरिक राजस्व बिभागका सचिव शिशिर कुमार ढुङ्गानाले पनि अण्डर बिलिङ शुरुवातदेखि नै बिबादस्पद रहेको जनाउदै समस्या सामधानमा पहल गर्ने जनाए ।